शेयरधनीलाई उत्कृष्ट लाभांश वितरण गरेको एभरेष्ट बैंकमा कस्को लगानी कति ?

७ माघ २०७९, शनिबार १२:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शेयर संरचना ३ तहमा विभाजन गरेको छ । बैकका संस्थापक शेयरधनीहरुको ३९ दशमलव २० प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै, सर्वसाधारण समुहका शेयरधनीहरुको ४० दशमलव ७७ प्रतिशत शेयर स्वामित्व रहेको छ भने वैदेशिक लगानी गर्ने संस्था पन्जाव नेशलन बैंकको २० दशमलव ३ प्रतिशत शेयर स्वामित्व रहेको छ । मा

बैकमा सबैभन्दा बढी शेयर स्वामित्व संस्थापक शेयरधनी प्रतिमा श्रेष्ठको रहेको छ । बैंकमा उनको बैंकमा १४ दशमलव ८४ प्रतिशतले १ करोड ३९ लाख ८७ हजार ७ सय ९ कित्ता शेयर स्वामित्व रहेको छ ।
बैंकमा संस्थापक शेयरधनी विष्णु कृष्ण श्रेष्ठको ९ दशमलव १८ प्रतिशतले ८६ लाख ५६ हजार ६ सय २९ कित्ता शेयर लगानी रहेको छ । त्यस्तै, संस्थापक शेयरधनी रबि कृष्ण श्रेष्ठको १ दशमलव ८८ प्रतिशतले १७ लाख ६९ हजार ५ सय ७० कित्ता शेयर लगानी रहेको छ ।

बैंकमा संस्थापक शेयरधनी किरण कृष्ण श्रेष्ठको १ दशमलव ८८ प्रतिशतले १७ लाख ६९ हजार ५ सय ६९ कित्ता शेयर रहेको छ । त्यस्तै, अर्का शेयरधनी शान्ता देवी पाठकको १ दशमलव १८ प्रतिशतले ११ लाख १३ हजार ३ सय ४७ कित्ता, अरुणमान शेरचनको ० दशमलव ९४ प्रतिशतले ८ लाख ८६ हजार १ सय ५४ कित्ता र होटल स्नो लायोन प्राइभेट लिमिटेडको ९ दशमलव ३१ प्रतिशतले ८७ लाख ७३ हजार ७ सय २५ कित्ता शेयर लगानी रहेको छ ।

बैंकमा सर्बसाधारण शेयरधनीहरुको ४० दशमलव ७७ प्रतिशतले ३ करोड ८४ लाख ३४ हजार ४ सय ४४ कित्ताको शेयर स्वामित्व रहेको छ ।

एभरेष्ट बैंकमा वैदेशिक लगानी गर्ने संस्था पन्जाव नेशनल बैंक रहेको छ । जसको शेयर स्वामित्व २० दशमलव ३ प्रतिशतले १ करोड ८८ लाख ८२ हजार २ सय ३० कित्ता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*