सिद्धार्थ बैंकको नाफा घट्यो, यस्तो छ कारण

७ माघ २०७९, शनिबार ११:५९

सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले यसतो देखाएको हो ।

यसअवधिमा खुद नाफा २६।३८ प्रतिशत ले घटेर १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो ।

गत वर्ष ७ करोड ११ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा पनि ६९।२१ प्रतिशतले घटेर २१ करोड १९ लाख रुपैयाँमा झरेको छ । यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ५९ पैसाले घटेर १६ रुपैयाँ ५३ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २९ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*