प्रभु बैंकको यस्तो देखियो दोस्रो त्रैमास, प्रतिशेयर आम्दानी कति ?

प्रभु बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यो नाफा गत वर्षको भन्दा ४।९२ प्रतिशत ले थोरै हो । गत वर्ष यसले १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी २०।०३५ ले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने १२।५२ प्रतिशत ले घटेर १ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा प्रभुको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६७ पैसाले घटेर १० रुपैयाँ १९ पैसामा सिमीत भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा छ ।












