नेप्सेद्धारा नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार रोक्का
९ माघ २०७९, सोमबार १२:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।
संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो संस्थाको शेयर कारोबार रोक्का गरिदिएको हो ।
साथै नेप्सेले के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई तीनदिन भित्र स्पष्टिकरण समेत पेश गर्न अनुरोध गरेको छ ।













