नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा, शेयरधनीले कति पाउने भए बोनस ?

९ माघ २०७९, सोमबार १३:५४

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको माघ ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांश कर छुट हुने व्यवस्थाको कारण संस्थाले कर प्रयोजन छुट्याएको छैन ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*