पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
९ माघ २०७९, सोमबार १५:१०

काठमाडौं । साता कारोवारको दोस्रो दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयर बजार १३।७१ अंकले घटेर २१६५।१० को विन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागेतापनि ५ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्यान्र्डड चार्टेट बैंक समृद्धि फाइनान्स कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।













