बैंकहरु नाफामा भन्दा पनि गुणस्तरीय सेवामा केन्द्रित हुनुपर्छः अर्थमन्त्री पौडेल

१० माघ २०७९, मंगलवार १६:१३

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैंकहरुले नाफामा भन्दा पनि गुणस्तरीय सेवामा केन्द्रीत हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्वसमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले नाफामा भन्दा पनि गुणस्तयरीय सेवा प्रदान गर्दै नागरिकहरुसमक्ष गुणस्तरीय बैंकको रुपमा परिचित भएको बताए ।

साथै सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक अरु निजि बैंकहरुको तुलनामा आदरणीय हुनेछ भन्ने कुराको अपेक्षा समेत राखेका छन् । यसका साथै सरकारी स्वामित्वका बैंकहरुलाई कसरी प्रतिस्पर्धी बनाउने र बैंकहरुको सेवा प्रवाहलाई कसरी गुणस्तरीय बनाउने, लक्षित वर्ग।विपन्न वर्गसमक्ष कसरी बैंकिङ्ग पुहँच पुर्याउने भन्ने विषयमा अझै पनि छलफल गर्नुपर्ने आवश्यक रहेको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*