मिथिला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

११ माघ २०७९, बुधबार १०:२२

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संंस्थाको नाफा घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२५ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ९.७५ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३८.७३ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ३२ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा रहेको छ ।

चुक्ता पूँजी २५ प्रतिशत बढाएर १७ करोड ४ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष ८.३० प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १५.७० प्रतिशत, निक्षेप ३४.७३ प्रतिशत र कर्जा १९.६८ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*