यसकारण घट्यो आशा लघुवित्तको मुनाफा, इपीएस कति ?

१५ माघ २०७९, आईतवार १०:०१

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिसम्म कमाएको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो ।

लघुवित्तले यस अवधिसम्म आर्जन गरेको नाफा गत आवको तुलनामा ५८.०४% ले कम हो । गत आर्थिक वर्षको यसैअवधिमा संस्थाले ८ करोड ८० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी २४.३४% ले घटेर १३ करोड ३४ लाख २९ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ५८.०६% ले घटेर ३ करोड ६९ लाख ४१ हजार रुपैयाँमा आएको छ ।

यस अवधिसम्म लघुवित्तको खराब कर्जा ०.९७% ले बढेर ४.८२% पुगेको छ । खराब कर्जा बढेसँगै लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो ।

पुष मसान्तसम्ममा आशाको चुक्तापुँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार ७४.२७ प्रतिशतले बढेर कोषमा ३१ करोड ७२ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६० पैसाले घटेर २२ रुपैयाँ ७३ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ ८७ पैसा छ ।

साथै संस्थाको निक्षेप २२.६७ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ र कर्जा परिचालन ५.८९ प्रतिशतले बढेर ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*