साना किसान विकास र आरएमडीसी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्दान्तिक सहमति

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जानका लागि केन्द्रीय बैंकले सहमति प्रदान गरेको हो ।
दुई संस्थाबीच एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी गत भदौ ३१ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।
साथै, दुवै संस्थाका संस्थापक समूहबाट २।२ जना, सर्वसाधारण समूहबाट १।१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ सेयर १००ः ८७ कायम हुने गरी सेयर आदान प्रदान अनुपात स्वाप रेसियो कायम गर्ने समेत सहमति भएको छ ।मर्जरपछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीयका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका थिए ।
16th magh merger












