सिनर्जी पावरले ५० प्रतिशत हकप्रद जारी गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृत
१६ माघ २०७९, सोमबार १०:३५

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको हो ।
कम्पनीले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि गत कात्तिक १७ गते विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेकोमा आयोगले स्वीकृति प्रदान गरेको हो ।
सो पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले सो सम्बन्धि प्रस्ताप पारित गरेपछि धितोपत्र बोर्डसमक्ष अनुमतिको लागि निवेदन पेश गर्नेछ ।













