साना किसान विकास लघुवित्तका संचालकहरुको कार्यकाल थप

१६ माघ २०७९, सोमबार १७:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ ।
संस्थाको संचालक समितिको पदावधि सकिन लागेकाले मर्जरपश्चात एकीकृत संस्थाको संचालक समितिको निर्वाचन नभएसम्मको लागि कार्यकाल थप गरिएको हो ।

संचालक पदाधिकारीहरु बहाल रहने गरी छुट सुविधा पाउन नेपाल राष्ट्र बैंक समक्ष निवेदन गरिएकोमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको माघ १६ गतेको पत्रबाट सो विषयमा संचालकहरुको कार्यकाल थप हुनेगरी स्वीकृत प्राप्त भएको हो ।

स्वीकृतपश्चात् संस्थाको संचाकहरु खेम बहादुर पाठक, रविन्द्र यादव, चाँदनी ढकाल, बाबुकाजी थापा, उमेश लम्साल र भुपेश छत्कुलीको कार्यकाल थप गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*