सोल्टी होटलद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

१७ माघ २०७९, मंगलवार १०:३७

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २८ गते सम्पन्न ४८औं वार्षिक साधारण सभाबाट पारित भएको २१.३१५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो ।

पुष ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामा कम्पनीले सो प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।

हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले बैंक खाता अद्यावधिक गराएपश्चात् उक्त लाभांश प्राप्त हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*