नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख २३ हजार कित्ता बोनस शेयर सूचीकृत

१७ माघ २०७९, मंगलवार १२:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ७३ लाख २३ हजार १६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सो पश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*