नेप्सेद्वारा दुई हाइड्रोपावरको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?
१७ माघ २०७९, मंगलवार १६:४६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम रिडी हाइड्रोपावरको शेयरमूल्य ५३९ रुपैयाँको आधारमा नेप्सेले ४० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३८५ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँका आधारमा नेप्सेले ८ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३०८ रुपैयाँ ३३ पैसा कायम गरेको । सोही मूल्यकै आधारमा भोलि यी दुवै कम्पनीको कारोबार खुल्नेछ ।












