नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण
१८ माघ २०७९, बुधबार १०:४९

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले भैंसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
बैंकको हाल कायम रहेको ललितपुर जिल्ला–ललितपुर महानगरपालिका–२५ सैंबुमा रहेको शाखा कार्यालय काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका–५ फर्पिङ्गमा स्थानान्तरण गर्न लागेको हो ।













