हकप्रद प्रस्तावसहित सिनर्जी पावरले डाक्यो विशेष साधारण सभा
१८ माघ २०७९, बुधबार १०:५८

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले फागुन ४ गते विशेष साधारण सभा बोलाएको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ८ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सिनर्जी पावर कम्पनीले कायम चुक्तापुँजीको ५०% हकप्रद सेयर जारी गर्न लागेको हो ।
यसअघि कम्पनीलाई विद्युत नियमन आयोगले माघ १२ गते हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइसकेको छ । अब विशेष साधारण सभाबाट परित भएपछि हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।












