कालिञ्चोक दर्शनको आइपीओ भोलि बाँडफाँड हुँदै, साढे १३ लाखको हात खाली हुने

१८ माघ २०७९, बुधबार ११:०९

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ भोलि माघ १९ गते) बिहिबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धकको कार्यालय नारायणचौर, नक्सालमा बिहान ९ः३० बजे बाँडफाँड हुनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ८९ हजार ६४० जनाले मात्रै शेयर पाउनेछन् ।

कम्पनीको आइपीओमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको छ । १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*