नेप्सेमा हिमालयन बैंकको ऋणपत्र सूचीकृत
१८ माघ २०७९, बुधबार १३:१५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड वण्ड २०८६’ नामक ऋणपत्र ‘एचबिएलडि८६’ सिम्बोलबाट सूचीकृत भएको हो ।
७ वर्षे अवधि तथा १०.५० प्रतिशत वार्षिक ब्याजदर भएको हिमालयन बैंकको १००० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।












