एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
१८ माघ २०७९, बुधबार १५:०८

काठमाडौं । नेप्से ४।९७ प्रतिशतले बढ्दा एक कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ। आर्दश लघुवित्तको शेयरमा केहीदिन यता निरन्तर सर्किट लागिरहेको छ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, ईष्टन हाईड्रोपावर, राप्ती हाईड्रोपावर, सयपत्री हाईड्रोपावर, सानिमा जिआईसी, स्टाण्डर्ड च्याटर बैंक, सिद्धार्थ इक्विटी फण्ड, मनकामना स्मार्ट लघुवित्त र ज्योति विकास बैंकको शेयर उकालो लागेको छ ।













