शेयरबजारमा सामान्य अंकको सुधार, ५ उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा सीमित

१८ माघ २०७९, बुधबार १५:१५

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजारमा आज सामान्य अंकको सुधार देखिएको छ । नेपालभरीका उद्यमी तथा व्यवसायीहरु आन्दोलनमा उत्रिएसँगै घट्न पुगेको शेयरमार्केट आज ४.९७ अंकले बढेर २११६ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज शेयरबजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको हो ।

तीनदिनयता लगातार घटेको शेयरमार्केटका कारण लगानीकर्ताहरुले आफुसँगै भएको शेयर रिजर्भ गरी होल्ड गरेका कारण पनि आज कारोबार रकम घट्न पुगेको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज लगानी सूचक, माइक्रोफाइनान्स सूचक, म्युचुअल फण्ड, ब्यापार र अन्य सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक होटल तथा पर्यटन सूचकको १.५६ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*