कालिञ्चोक दर्शनको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्न हेर्नुस

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यालय नारायणचौर, नक्सालमा बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धकका अनुसार आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिनेछ । कम्पनीको आइपीओ चारवटा साइटमार्फत हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएसको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत रिजल्ट हेर्न सकिनेछ ।
यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
कम्पनीको वेबसाइट : https://kalinchowkdarshan.com.np/
बिक्री प्रबन्धकको वेबसाइट : https://onlinedemat.nabilinvest.com.np/
सीडीएसको मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/













