लाभांश प्रस्तावसहित निर्धन उत्थान लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१९ माघ २०७९, बिहीबार ०९:५२

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले २४औं साधारण सभा फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि बस्नेगरी डाकेको हो ।

सो सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

यस्तै सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी समेत गरेको छ ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*