आरएमडीसी लघुवित्तका ४ संचालकको कार्यकाल थप

१९ माघ २०७९, बिहीबार १०:३८

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप गरिएको छ । संस्थाका चार संस्थापक शेयरधनीहरुको कार्यकाल थप भएको हो ।

संस्थाका संचालक समितिका सदस्यहरुको पदावधि सकिन लागेकाले मर्जरपश्चात् एकीकृत संस्थाको संचालक समितको निर्वाचन नभएसम्मको अवधिका लागि संचालकहरु बहाल रहने गरी छुट सुविधा पाउन नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिइएकोमा माघ १८ गते स्वीकृत प्राप्त भएको हो ।

सो अनु्सार संस्थाले संचालक सुजाता जोशी, जयेन्द्र बिक्रम शाह, नमिता दीक्षित र समता पन्त (भट्ट) को कार्यकाल थप गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*