लाभांश प्रस्ताब सहित इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा

१९ माघ २०७९, बिहीबार ११:३३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले ८९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको माघ १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय बमोजिम फागुन १३ गते विनय चोक, गैँडाकोट, नवलपरासीमा बिहान ११ बजे आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिको सिफारिस बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले सञ्चालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । त्यस्तै सभाले लेखापरिक्षको प्रतिवेदन सहितको वासलात, आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तिय विवरण पारित गर्ने तथा नयाँ लेखापरिक्षक नियुक्त गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन २ गते एकदिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*