शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि एभरेष्ट बैंकले जग्गा खरिद गर्ने, यस्ता छन् शर्तहरु

१९ माघ २०७९, बिहीबार १२:२३

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा कार्यालय तथा प्रादेशिक कार्यालय संचालनका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले धनगढीस्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनको लागि जग्गा खरिद गर्ने भएको हो ।

बैंकले जग्गा खरिद गर्नको लागि केही शर्तहरु राखेका छन् । जसमा घरजग्गा।जग्गा धनगढी चौराहा चोकबाट पूर्व तर्फ मेनरोड रातो पुल।कैलाली पुल हुँदै क्याम्पस चोक आसपास क्षेत्रसम्म वा चौराहा चोकबाट उत्तरतर्फ अत्तरिया जाने सडकको १ किलोमिटर दूरीसम्म पर्ने मूलसडकसँग दायाँ वा बाँया जोडिएको हुनुपर्ने जनाएको छ ।

जग्गाको क्षेत्रफल कम्तीमा १.५ कठ्ठा तथा बढीमा २ कठ्ठा हुनुपर्ने र मूलसडकसँग जोडिएको जग्गाको मोहडा कम्तिमा करिब ४० फिटसम्म हुनुपर्ने जनाएको छ ।

उक्त खालका घरजग्गा भएका घरधनी, ब्यक्ति, फार्म तथा संघसंस्थाले १० दिनभित्र बैंकको प्रादेशिक कार्यालय, धनगढीमा प्रस्ताव पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*