लाभांश र मर्जर प्रस्तावसहित ज्योति विकास बैंकले डाक्यो साधारण सभा

२० माघ २०७९, शुक्रबार १०:५१

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १५औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा फागुन १४ गतेका दिन त्रिभुवन आर्मी क्लव भद्रकालि, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको ३ प्रतिशत बोनश शेयर स्वीकृत गर्ने र सोहि हदसम्म जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसका साथै, सभाले बैंकले विकास बैंकले अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुलाई गाभ्ने वा प्राप्ती गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने लगायतका अन्य प्रक्रिया पुरा गरी हस्ताक्षर गर्ने, सबै चल अचल सम्पति र दायित्व मुल्याङ्कन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सो सभाले आर्थिक वर्ष २०७८।८९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*