किसान लघुवित्तद्वारा सम्बन्धित शेयरधनीलदाई बोनस शेयर वापतको कर तिर्न अनुरोध

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर वितरणका लागि सम्बन्धित शेयरधनीहरुलाई कर तिर्न अनुरोध गरेको छ । संस्थाले शेयरधनीहरुलाई बोनस शेयर प्रस्ताव गरेकोमा सो वापतको कर तिर्न भनेको हो ।
कम्पनीले एक सूचना प्रकाशित गरी २०७७ भदौ १६ गतेबाट २०७९ जेठ १९ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
सेयरधनीले यस संस्थाको सेयर रजिष्टर्ड सेन्चुरी क्यापिटल मार्केट्समा सम्पर्क गरी कर बापतको रकम एकिन गरेर यस क्यापिटलको नाममा रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नम्बर ०८७००१००५७६७६४०००००१ मा उक्त रकम जम्मा गर्नु पर्नेछ ।
साथै, बोनस सेयरमा लाग्ने करको विवरण सेन्चुरी क्यापिटलको वेभसाइटबाट पनि प्राप्त गर्न सकिनेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । किसानले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो ।












