नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन
२२ माघ २०७९, आईतवार ०९:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उनको उमेर २९ वर्ष मात्र थियो। जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।त्यसपछि व्यवसायमा लागेका उनैले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरेका थिए।












