लाभांश प्रस्ताव पारित गर्न महिला लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ सभा आह्वान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ५ गते एक दिन शेयर दाखिला खारेज दर्ता बन्द गर्ने भएको छ । यस अनुसार फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।












