न्यादी हाइड्रोपावरद्धारा चैत ६ गते साधारण सभा आह्वान

२२ माघ २०७९, आईतवार १३:५७

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गतेका दिन बसेको सञ्चालक समितिको निर्णय बमोजिम सभा चैत ६ गते कार्की ब्याङ्क्वेट बबरमहल, काठमाडौमा बिहान ११ बजे बस्ने भएको हो ।

सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । साथै, लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८।७९ को वित्तिय विवरण छलफद गरी पारित गर्ने छ ।

सभाले लेखापरिक्षण समितिको सिफारिस अनुसार आव २०७९।८० का लागि लेखापरिक्षकको नियुक्ति र उसको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित दुुई जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*