ग्रामिण विकास लघुवित्त नोक्सानीमा, इपीएस समेत ऋणात्मक

२२ माघ २०७९, आईतवार १६:४४

काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था नोक्सानीमा रहेको छ । संस्थाले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्था १२ करोड ५९ हजार रुपैयाँ नोक्सानीमा रहेको हो ।

गत वर्षको पुस मसान्तमा भने कम्पनीले १९ करोड २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी, संचालन नाफा घटेको छ । यता, खराब कर्जा पनि वृद्धि भएकाले कम्पनी नोक्सानीमा गएको हो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २६.७१ प्रतिशतले घटेर ४६ करोड ३३ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको संचालन नाफा पनि १२ करोड ५९ लाख ९१ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको निष्क्रिय कर्जा ८.९१ प्रतिशत पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यस्तो कर्जा ४.७१ प्रतिशत रहेको थियो । कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब २७ करोड ७८ लाख ९ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि २५ रुपैयाँ ६४ पैसा ऋणात्मक देखिएको छ । प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ६ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*