यसकारण घट्यो आँधिखोला लघुवित्तको मुनाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।
यो नाफा गत वर्षको तुलनामा ५४.१३ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले २ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म संस्थाको खुद बयाज आम्दानी र संचालन नाफा घटेको कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड १२ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१.६६ प्रतिशत घटेको हो। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.८८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६२.७१ प्रतिशत घटेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै लघुवित्तको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा ५४.१३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ २७ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९३.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३८ पैसा रहेको छ।
११ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ४९ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन तथा ७७ करोड ६१ लाख रुपैयाँ सापटी गरी १ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।












