समायोजनपछि ग्लोबल आइएमई बैंकको यी शाखा कार्यालय संचालनमा रहने
२३ माघ २०७९, सोमबार १०:२७

समायोजनपछि ग्लोबल आइएमई बैंकको काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंक अफ काठमाण्डू लिमिटेडलाई प्राप्ति गरेपछि केही शाखा कार्यालयहरु घटाउने तथा स्थानान्तरण गर्ने भएको छ ।
बैंकले साविक बैंक अफ काठमाण्डू लिमिटेडलाई प्राप्ति गरेपछि संचालनमा रहोका शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई माघ २९ गतेदेखि एकीकृत रुपमा संचालन गर्ने जनाएको हो ।
समायोजनपछि ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई बैंकको ९ शाखा कार्यालय र बैंक अफ काठमाण्डूको २० वटा शाखा कार्यालय स्थानान्तरण तथा संचालनमा रहने जनाएको हो ।













