निष्क्रिय कर्जा बढेका कारण सिवाइसी नेपाल लघुवित्तको मुनाफा प्रभावित, इपीएस कति ?

२३ माघ २०७९, सोमबार १०:५९

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा गिरावट आएको छ ।

चालु आवको पुष मसान्तसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५८.९७ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिसम्म संस्थाले ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म संस्थाको निष्क्रिय कर्जा बढेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो । गत आवको यसै अवधिसम्म २.७० प्रतिशत रहेको संस्थाको निष्क्रिय कर्जा यस अवधिसम्म बढेर ४.६२ प्रतिशत पुगेको छ ।

साथै दोस्रो त्रैमाससम्ममा लघु्वित्तको खुद ब्याज आम्दननी भने १६.७३ प्रतिशतले बढेर १२ करोड १४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४०.८४ प्रतिशतले घटेर ३ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।

पुष मसान्तसम्म लघुवित्तको चुक्तापुँजी ४८.१५ प्रतिशतले बढेर १२ करोड १६ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार ३.५४ प्रतिशतले घटेर कोषमा २४ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३३३ रुपैयाँ ४३ पैसा रहेको छ । संस्थाको निक्षेप संकलन ४१.८६ प्रतिशत र कर्जा लगानी ४४.७५ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*