५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
२३ माघ २०७९, सोमबार ११:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन (सोमबार) सुनको ५ सय रुपैयाँले बढेको छ । आज चाँदीको मुल्य भने आइतबारको दाजोमा स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारको दिन छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।












