एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२३ माघ २०७९, सोमबार १५:०४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार बन्द हुने बेलासम्म नेप्से सूचक ४.५७ अंकले बढेर २१०० को विन्दुमा कायम भएको छ ।

नेप्सेमा झिनो सुधार आएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । आज १ अर्ब ४७ करोड माथिको कारोबार हुँदा सर्वाधिक एनआइसी एशिया बैंकको ६ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, युनिभर्सल पावरको ५ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ८९ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ७७ लाख र आदर्श लघुवित्तको प्रोमोटर शेयरको ४ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*