शोधानान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँ बचतमा

२३ माघ २०७९, सोमबार १६:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार शोधानान्तर स्थिति ९७ अर्ब १० करोड रुपैया बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*