ब्रोकर कम्पनी शाखा खोल्न सहजिकरण गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । नेपालमा संचालित धितोपत्र ब्रोकर कम्पनीका शाखा कार्यालयहरू खोल्न अनुमति लिनुपर्ने व्यवस्था हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका छन् । आफुमाथि विभिन्न आरोप लागेपछि उनले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत उनले यस्तो बताएका हुन् ।
अध्यक्ष हमालले नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया पूरा भएको खण्डमा ३५ दिनभित्र वितरण गरिने बताए। ‘पुराना ब्रोकरले नयाँ शाखा खोल्न चाहेमा १५ दिनभित्र धितोपत्र बोर्डले स्वीकृति दिनेछ’, उनले भने।आफू आएपछि ११ वटा पीईभीसीलाई लाइसेन्स दिएको अध्यक्ष हमालले बताए। ‘यसले बिनाधितो स्टार्टअप कम्पनी सञ्चालन हुनेछ’, उनले भने।
बजार विस्तारका लागि कमोडिटी मार्केटमा पनि अगाडि बढेको हमालले बताए। ‘मेरै कार्यकालमा सी–आस्बा शुल्क १०० रुपैयाँ घटाएर ५ रुपैयाँ ल्याइएको छ’, उनले भने।
उनले विज्ञप्ति जारी गरेर आफ्नो भनाई सार्वजनिक गरिसकेका छन् । साथै आफुले गरेका १० वटा प्रमुख कामको विवरण पनि सार्वजनिक गरिसकेका छन् ।











