६ महिनामा पौने ५ खर्ब रेमिट्यान्स भित्रियो

२३ माघ २०७९, सोमबार १६:२९

काठमाडौं । नेपाल सरकारको प्रमुख राजस्वको रुपमा रहेको आप्रवाह (रेमिट्यान्स) २४ दशमलव ३ प्रतिशत बृद्धि भएर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार विप्रेषण आप्रवाह बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ करोड ७५ हजार ६सय ४३ रुपैयाँ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १,४२,५४८ पुगेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६४४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*