ठगी कार्यमा संलग्न ग्रिनहिल सिटीका सञ्चालक भेषराज लोहनीलाई प्रभु बैंकको पत्र, कर्जा दुरुपयोगबारे प्रश्न

२४ माघ २०७९, मंगलवार ०८:३०

काठमाडौं । ग्रिन हिल सिटीले ललितपुरमा निर्माण गरेको आवास परियोजना अन्तर्गत घर बिक्री गर्दा बैंक र ग्राहकसँग गरेको करार बमोजिम रकम लिई करार बमोजिम घर नामसारी भई बैंकको धितोमा आउनुपर्ने घरजग्गा २०७५ सालदेखि नआएको सन्दर्र्भमा प्रभु बैंकले ठगी कार्यमा संलग्न ग्रिनहिल सिटीका सञ्चालक भेषराज लोहनीलाई पत्र काटेको छ ।

बैंकको धितोमा आउनुपर्ने घरजग्गा सम्पूर्ण रकम प्राप्त गरी, बैंकबाट प्रवाह भएको कर्जा समेत दुरुपयोग गरी विगत चार वर्षदेखि बैंक र ग्राहकलाई ठगी गर्दै आएको ग्रिनहिल सिटी हाउजिङका सञ्चालक भेषराज लोहनीलाई प्रभु बैंकले आइतबार पत्र लेख्दै बैंकलाई दिनुपर्ने धितो नदिने भन्ने व्यहोराका मौखिक जानकारी दिएको सम्बन्धमा आफ्नो धारणा स्पष्ट पार्न पुनः पत्राचार गरेको हो ।

प्रभु बैंकले आफूसँग करार गरी ग्राहकको नाममा बैंकमा बैंकबाट समेत ऋण लिन लगाई करार बमोजिम ७ दिनभित्रमा घर सम्पूर्ण तयार फिनिसिङ गरी नामसारी गरिदिन्छु भन्ने शर्तनामा राखी गरिएको करार बमोजिम घर नामसारी गर्नुको साटो उल्टै घर नै दिन्न, अर्कैलाई बिक्री गरिसके भन्ने आशय व्यक्त गरेका थिए ।

बैंक र ग्राहकलाई दिन दहाडै थाङ्नामा सुताएर चार वर्षअघि नै नामसारी गरिसक्नुपर्ने घर अहिलेसम्म नामसारी समेत भएको अवस्था छैन । यति हुँदा हुँदै बैंकले तत्काल कर्जा दुरुपयोगमा मुद्दा दर्ता गर्नुपर्नेमा ढिलाई गर्दै आएको पीडितको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*