साहस उर्जाको खुद नाफा २१ करोड ५९ लाख रुपैयाँ, इपीएस कति ?

२४ माघ २०७९, मंगलवार १०:१५

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु् आवको ६ महिनासम्ममा कम्पनीले २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ३७.२६ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीले ३४ करोड ४२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्ट (आइएफआरआइसी–१२) अन्तर्गत हुने नाफा २ अर्ब १७ करोड ४६ लाख रुपैयाँबाट घटेर १ अर्ब ४३ करोड १२ लाख रुपैयाँमा झरेको छ । जसका कारण खुद नाफामा गिरावट आएको हो ।

कम्पनीले अहिलेसम्म विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन् । यसको प्रशासनिक खर्च १७ लाख १६ हजार रहेको छ । यस्तै, सञ्चालन नाफा ३४ करोड ४२ लाख रुपैयाँबाट घटेर २१ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।

साहसको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १८ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*