समृद्धि फाइनान्सको नाफा र इपीएस दुवै ऋणात्मक

२४ माघ २०७९, मंगलवार १०:३२

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार फाइनान्स ७ करोड ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीले ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने ४९.४७% ले बढेर ४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खुद ब्याज आम्दानी बढे पनि कम्पनी सञ्चालन नोक्सानमा भएकाले र खारब कर्जा ह्वातै बढेकाले नाफा प्रभावित भएको हो । दोस्रो त्रैमाससम्म आईपुग्दा यस कम्पनी ८ करोड २४ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । गत वर्ष पनि कम्पनी ९६ लाख १७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

यसको खराब कर्जा ३.०७% बाट बढेर १३.९२% पुगेको छ । यता फाइनान्स खुद नोक्सानमा रहेसँगै पुससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस)समेत १८ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको छ । समृद्धिको हाल चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १७ करोड १७ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*