साविक बीओकेका ग्राहकलाई ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

२४ माघ २०७९, मंगलवार १२:०८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको निक्षेप सदस्य (१११००) को नाम परिवर्तन गरेको छ ।

साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्ज भई ग्लोबल आइएमई बैंकको नामबाट गत पुष २५ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।

साथै ग्लोबल आइएमई बैंकले साविक बीओके गाभिएश्चात् बीओकेको स्वामित्वमा रहेको निक्षेप सदस्यको नाम परिवर्तन भई ग्लोबल आइएमई बैंक लिमिटेड (१११००) कायम गरिएको जनाएको हो ।

मेरो शेयरमा समेत बैंक अफ काठमाण्डू (१११००) को नाम परिवर्तन भई ग्लोबल आइएमई बैंक (१११००) भएको जनाएको छ ।

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*