मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

२४ माघ २०७९, मंगलवार १४:०७

काठमााडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले यसअघि बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*