शेयरबजारमा उछाल आउँदा एनआइसी एशिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२४ माघ २०७९, मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता घटबढको उतारचढाव देखिएको नेप्से सूचक आज ७६.६४ अंकले बढ्न पुगेको छ ।

शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंकको १२ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख र हिमालयन डिष्टिलरीको ६ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*