एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको यस्तो देखियो दोस्रो त्रैमास

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।
यो नाफा गत वर्षको तुलनामा ६४.११ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको सञ्चालन मुनाफा बढेपनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनबाट हुने नाफा ऋणात्मक भएका कारण खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.२७ प्रतिशत बढेको छ भने कुल खर्च ८.८१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालनबाट हुने मुनाफा ९.३६ प्रतिशत बढेको छ। यद्यपि, वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनका कारण हुने नाफा १ करोड ७४ लाख रुपैयाँ ऋणात्मक भएका कारण कम्पनीको नाफा घट्न पुगेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ९३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५२३.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी स्थिर रहेको छ भने रिटेन्ड अर्निङ्ग प्रतिशत घटेको छ।












