यस कारणले घट्यो सपोर्ट लघुवित्तको नाफा, इपिएस कति ?

काठमाडौं । सर्पोट लघुवित्तको खुद नाफा संगै अन्य प्रमुख सुचकहरु समेत घटेका छन् । लघुवित्तले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुुसार खुद नाफा ७४ दशमलव ८६ प्रतिशतले घटेको हो ।
लघुवित्तको खुद नाफा ७४ दशमलव ८६ प्रतिशतले घटेर २४ लाख ९१ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष यसैअधिमा लघुवित्तले ९९ लाख ७ हजार रुपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १४ दशमलव ८१ प्रतिशतले घटेर ३ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ७८ दशमलव ५८ प्रतिशतले घटेर ३३ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसाले घटेर ५ रुपैयाँ ८१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ८३ पैसा छ ।












