शेयरबजारमा लगातार सर्किट लागेको आदर्श लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । शेयरबजारमा लगातार सर्किट हानेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ लाखा ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत आवको तुलनामा ५०.१४% ले कम हो । गत वर्षको यसैअवधिमा आदर्शले १४ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यस कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । त्यस्तै, खराब कर्जा बढेकाले पनि नाफामा असर पुगेको हो ।
समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४.५०% ले घटेर ९० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा यसले ९४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३२.६८% ले घटेर ११ लाख ६४ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १७ लाख २९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा यसको खराब कर्जा ०.७३% ले बढेर २.२९% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा पुगेको छ । चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ छ । जगेडा कोषमा १ करोड ७२ लाख ६२ हजार रुपैयाँ छ ।
दोस्रो त्रैमाससम्ममा संस्थाले १० करोड ७२ लाख रुपैयाँ सापटी लिई १५ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन र २८ करोड ४० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।












