लिवर्टी इनर्जी कम्पनीको खुद नाफा एक करोडमाथि, अन्य सूचक कस्तो ?

२५ माघ २०७९, बुधबार १२:०२

काडमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले एक करोड १५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले आर्जन गरेको यो नाफा गत आवको तुलनामा भने कम हो । गत आवको यसै अवधिसम्म कम्पनी एक करोड ३९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्री गरेसँगै यसको नाफामा सुधार आएको हो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ८ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत बिक्री गरेको थिएन ।

यसको वित्तीय खर्च ६ करोड १६ लाख रुपैयाँ रहेको छ । हाल लिवर्टी इनर्जीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । रिटेन अर्निङ १७ करोड ४६ लाख रुपैयाँ ऋणात्मक छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७७ पैसा भएको छ । गत वर्ष उक्त आम्दानी ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ३६ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*